नयां दिल्ली (भारत)
माघ २६,२०६५
विश्वव्या
पी आर्थिक मन्दीका बावजूद भारतमा सत्यम कम्पनीको आर्थिक घोटालालाई लिएर भारतीय कम्पनीहरुको साखप्रति प्रश्न उठिरहेको बेला भारतको केन्द्रीय बैंक रिजर्भ बैंकका गभर्नरले सत्यम काण्डले भारतीय बैंकहरुको पैसा नडुबेकेा कुरा बताएका छन् । गभर्नर डा. डी सुब्बारावले बताए अनुसार अरबौं रुपैयाँको सत्यम काण्डमा सार्वजनिक क्षेत्रका कुनै बैंकका कुनै पूँजी शामिल छैन । सत्यम काण्डमा बैंकहरुको लगानी डुबेको सम्बन्धि संवाददाताको प्रश्नको जवाफमा गभर्नर सुब्बारावले भने - अहिलेसम्मको छानबीनमा कुनै ठूलो पूँजी लगानी गरिएको भेटिएको छैन । मौद्रिक नीतिको प्रथम तीन महिने समीक्षाका लागि आयोजित पत्रकार भेटघाटमा मुम्बईबाट भिडियो कन्फ्रेसिंगका मार्फत सुब्बाराव संवाददाताहरुको प्रश्नको जवाफ दिइरहेका थिए । सत्यम काण्डमा केही बैंकहरुको मामूली लगानी मात्र भेटिएको छ । यसले बैंकहरुको लगानीको भविष्यमा कुनै फरक पार्दैन । सत्यमको लेखापरीक्षक प्राइसवाटर हाउस कूपस्रको बारेमा सोधिएको एक प्रश्नमा डा सुब्बारावले भने - आइसीएआईको छानवीनको प्रतिवेदन प्राप्त भएपछि मात्र रिजर्भ बैंक लेखापरीक्षण संस्थाको भूमिका र भविष्यको बारेमा ध्यानपूर्वक विचार गर्नेछ । उनले उक्त विदेशी लेखापरीक्षण संस्था निकै समय शंकाको घेरामा रहेको र उसलाई एकपटक निलम्बन पनि गरिएको जनाए ।
पी आर्थिक मन्दीका बावजूद भारतमा सत्यम कम्पनीको आर्थिक घोटालालाई लिएर भारतीय कम्पनीहरुको साखप्रति प्रश्न उठिरहेको बेला भारतको केन्द्रीय बैंक रिजर्भ बैंकका गभर्नरले सत्यम काण्डले भारतीय बैंकहरुको पैसा नडुबेकेा कुरा बताएका छन् । गभर्नर डा. डी सुब्बारावले बताए अनुसार अरबौं रुपैयाँको सत्यम काण्डमा सार्वजनिक क्षेत्रका कुनै बैंकका कुनै पूँजी शामिल छैन । सत्यम काण्डमा बैंकहरुको लगानी डुबेको सम्बन्धि संवाददाताको प्रश्नको जवाफमा गभर्नर सुब्बारावले भने - अहिलेसम्मको छानबीनमा कुनै ठूलो पूँजी लगानी गरिएको भेटिएको छैन । मौद्रिक नीतिको प्रथम तीन महिने समीक्षाका लागि आयोजित पत्रकार भेटघाटमा मुम्बईबाट भिडियो कन्फ्रेसिंगका मार्फत सुब्बाराव संवाददाताहरुको प्रश्नको जवाफ दिइरहेका थिए । सत्यम काण्डमा केही बैंकहरुको मामूली लगानी मात्र भेटिएको छ । यसले बैंकहरुको लगानीको भविष्यमा कुनै फरक पार्दैन । सत्यमको लेखापरीक्षक प्राइसवाटर हाउस कूपस्रको बारेमा सोधिएको एक प्रश्नमा डा सुब्बारावले भने - आइसीएआईको छानवीनको प्रतिवेदन प्राप्त भएपछि मात्र रिजर्भ बैंक लेखापरीक्षण संस्थाको भूमिका र भविष्यको बारेमा ध्यानपूर्वक विचार गर्नेछ । उनले उक्त विदेशी लेखापरीक्षण संस्था निकै समय शंकाको घेरामा रहेको र उसलाई एकपटक निलम्बन पनि गरिएको जनाए ।स्मरणीय छ बैंकिंग प्रणालीमा तरलताको समस्या हटाउन र गैरनिर्माणका क्षेत्रमा बढी भन्दा बढी लगानी बढाउनका लागि भारतीय रिजर्भ बैंकले गत वर्षको अक्टुबरदेखि प्रमुख ब्याज दरमा लगातार कटौति गरिरहेको छ । केन्द्रीय बैंकको यो हस्तक्षेपका कारण रिजर्भ बैंकले अहिलेसम्म जम्मा ३८८० अरब भारतीय रुपैयाँको तरलता बढाएको दाबी गरेको छ । विश्लेषकहरुका अनुसार भारतको अर्थव्यवस्थालाई विश्वव्यापी मन्दीको प्रभावबाट बचाउनका लागि रिजर्भ बैंकले गत अक्टूबरदेखि अहिलेसम्म आफ्नो प्रमुख नीतिगत दरहरुमा चारपल्ट कटौती गरिसकेको छ । चालू आर्थिक वर्षको मुद्रास्फीति दर ५.६४ प्रतिशतलाई ध्यानमा राख्दै बैंकले आफ्नो तीन महिने समीक्षामा रिपो दर ५.५ प्रतिशत बैंक दर ६ प्रतिशत र रिभर्स रिपो दर ४ प्रतिशतमा कुनै परिवर्तन गरेको छैन । त्यस्तै अनिवार्य नगद कोष सिआरआर ५ प्रतिशतमा स्थिर राखेको छ भने अनुमानित बजेट घाटा जीडिपीको २.५ प्रतिशतदेखि बढाएर ५.९ प्रतिशत गरिएको छ ।
तस्वीर: द हिन्दू

No comments:
Post a Comment